अब एमाले लोकतान्त्रिक पार्टी – सचिव गुरुङ
गोरखा, २५ असोज । नेकपा (एमाले)का सचिव पृथ्वी सुब्बा गुरुङले नेकपा(एमाले) देशकै सबैभन्दा बढी लोकतान्त्रिक पार्टी बनेको बताउनुभएको छ ।
प्रधानमन्त्री निर्वाचनका बेला नेपाली काँग्रेसले विगतको सहमतिलाई कुल्चिदै असहयोग गरेको बताउँदै गुरुङले काँग्रेसभन्दा एमाले लोकतान्त्रिक पार्टी भएको दाबी गर्नुभयो ।
मुलुकको ३८औँ प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएपछि कार्यकर्तासँग खुसी साटासाट गर्दै उहाँले देशमा बाँकी रहेको राजनीतिक शक्तिमध्ये एमाले नै क्रान्तिकारी, अग्रगामी भएको बताउनुभयो ।
नेपाली काँग्रेस र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईप्रति आक्रामक देखिएका गुरुङले कम्युनिष्टको सपना पूरा हुने बेलामा भट्टराईले पार्टी छाडेर गएकामा दुःख व्यक्त गर्नुभयो । “भट्टराईबाट जनता र राष्ट्रप्रति ठूलो विश्वासघात भयो ।
सामाजिक रुपान्तरण, आर्थिक रुपान्तरण र संविधानको कार्यान्वयनका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीको प्रभावकारी भूमिका हुने उहाँको भनाइ छ ।
कार्यक्रममा नेताहरू सोमनाथ प्यासी, केन्द्रीय सदस्य जगत विश्वकर्मा, मायानाथ अधिकारी, पद्ममा अर्याल, प्रतापलाल श्रेष्ठले मुलुकमा अब एमाले पहिलो राजनीतिक शक्ति भएको दाबी गर्न भ्याए ।
0 comments:
Post a Comment