विषादी सेवन गरी किशोरीको मृत्यु
कञ्चनपुर, २९ असोज । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– १ बन्साहकी १४ वर्षीया विमला जोशीले विषादी सेवन गरी गएराति आत्महत्या गरेकी छिन् ।
विषादी सेवन गरेको थाहा पाउनेबित्तिकै परिवारजनले उनलाई उपचारका लागि अस्पताल भर्ना गराए पनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । विषादी सेवन गर्नुको कारण भने खुल्न सकेको छैन ।
0 comments:
Post a Comment