Friday, October 16, 2015

असिनाबाट बालीनालीमा क्षति

पर्वत, २९ असोज । पर्वतको दक्षिणी भेगमा बिहीबार साँझ परेको असिनाले बालीनालीमा ठूलो क्षति पु¥याएको छ ।

हुरीसँगै आएको असिनापानीले फलामखानी, लुंखु र पाखापानी गाविसमा लगाएको धानबाली र तरकारीखेतीमा ठूलो क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

असिना प्रभावित क्षेत्रमा प्राविधिक पठाएर क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको सो कार्यालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive