बलम्वुमा दुई सय पिन्ट रगत सङ्कलन
काठमाडौँ, २८ असोज । फ्रेन्डस क्लब बलम्बुले आयोजना गरेको आठौँ बृहत रक्तदान कार्यक्रमबाट २०० पिन्ट रगत सङ्कलन भएको छ ।
बर्सेनि विजयादशमीको अवसर पारेर गरिने रक्तदान कार्यक्रममा बुधवार विभिन्न क्षेत्रका समाजसेवी तथा चर्चित हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले रक्तदान गर्नुभएको थियो ।
सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएको यस क्लबले २०७१ को व्यवस्थापन सङ्कायको कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने स्थानीय छात्रा सुलोचना श्रेष्ठलाई यस क्षेत्रका समाजसेवी बलम्बुका द्वारे लक्ष्मीबहादुर श्रेष्ठले सम्मान गर्नुभयो । सङ्कलित रगत काठमाडौँस्थित रक्तसञ्चार केन्द्रलाई प्रदान गरिएको क्लबका अध्यक्ष अमरदिप सिंहले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment