Thursday, October 15, 2015

रक्तदान कार्यक्रममा ६२ पिन्ट रगत सङ्कलन

इटहरी, २८ असोज । विजयादशमीको अवसरमा गछिया जेसिजले शुभकामना आदानप्रदान गर्न हिजो यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।

गछिया जेसिजका अध्यक्ष दुर्गाप्रसाद घिमिरेको सभापतित्वमा भएको सो कार्यक्रम सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक अर्जुनराज अधिकारीको प्रमुख आतिथ्यता तथा इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरीक्षक ओमप्रकाश अधिकारीको विशेष आतिथ्यतामा भएको थियो ।

पूर्वी नेपालका अस्पतालमा रगतको अभाव नहोस् भनेर गछिया जेसिजले रगत सङ्कलन गरेर मानिसको जीवन बचाउन सकिन्छ भन्ने उद्देश्यले ‘रक्तदान जीवनदान’ भन्ने नारालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको जेसिजका अध्यक्ष घिमिरेले बताउनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive