Friday, October 16, 2015

फरार अभियुक्त हतियारसहित पक्राउ

रुकुम, २९ असोज । विभिन्न समयमा चोरी, लुटपाटलगायत आपराधिक घटनामा संलग्न रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम जिल्ला हुकाम गाविस– ९ डिमुरगैराका ३३ वर्षीय शेरबहादुर सुनार (विक) लाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी हुकामका प्रहरी सहायक निरीक्षक धर्मानन्द भट्टको नेतृत्वमा खटिएको टोलीले सुनारलाई बुधबार निजकै घरबाट पक्राउ गरेको हो । सुनारको साथबाट नाइन एमएम अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलमा प्रयोग हुने गोली १२ राउन्ड, ३८ बोर पेस्तोलको चार राउन्ड गोली तथा विभिन्न हतियारमा प्रयोग हुने ३२ राउन्ड गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

सुनारको साथबाट खुकुरी, भरुवा बन्दुकलगायतका हतियार पनि बरामद गरिएको छ । उनी डोल्पा जिल्ला साल्दाङ गाविस– १ मा डाँका चोरी गरी घटनास्थलबाट फरार अभियुक्त हुन् । साथै रुकुम जिल्लाको पूर्वी इलाकामा भएका अन्य लुटपाटका घटनामा समेत सुनार संलग्न हुनसक्ने भन्दै सोही बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive