चार वर्षदेखि प्रयोगशाला वन्द
बैतडी, २८ असोज । जिल्लाको श्रीकोट स्वास्थ्य चौकीमा रहेको प्रयोगशाला सेवा चार वर्षदेखि बन्द रहेको छ ।
विसं २०६९ मा निजी स्रोतबाट सञ्चालन भएको प्रयोगशाला सेवा त्यसै वर्ष आर्थिक अभाव हुँदा बन्द भएको हो । २०६९ साल साउनदेखि सञ्चालन भएको प्रयोगशाला सेवा वर्षदिन नबित्दै बन्द भएको श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले बताउनुभयो ।
“निजी स्रोतबाट सञ्चालन भएको प्रयोगशाला सेवा एक वर्ष नबित्दै आर्थिक अभावमा बन्द भएका हो” उहाँले भन्नुभयो । प्रयोगशाला सेवा बन्द हँुदा रगत, दिसा, पिसाबलगायत जाँच गर्न सर्वसाधारण बैतडी सदरमुकाम तथा भारतीय सहर झुलाघाट र पिथौरागढ जान बाध्य भएका समाजसेवी हेमराज गिरीले बताउनुभयो ।
“प्रयोगशालासम्बन्धी काम पर्दा भारतीय अस्पताल जानु पर्छ”, समाजसेवी गिरीले भन्नुभयो, “प्रयोगशाला सेवा सञ्चालनमा आए बाहिर जानुपर्ने थिएन ।”
श्रीकोट स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन हुन नसक्दा श्रीकोट, श्रीकेदार, देउलेक, दुर्गाभवानी, हटैराज, सित्तड, न्वाली, कटौजपानी लगायतका गाविसका बिरामीलाई समस्या भएको छ ।
0 comments:
Post a Comment