दशैंमा जुध्ने भए चार फिल्म, निर्माता तनाबमा
काठमाडौं । यस पटकको दशैंमा चार ओटा नेपाली फिल्म जुध्ने भएका छन् । एक महिना लामो इन्धन अभावले नेपाली अर्थ तन्त्र र बजार कक्रिएको बेला आगामी ३ कात्तिकबाट तीन र ६ कात्तिकबाट एक गरी दशैंमा चार नेपाली फिल्म प्रदर्शनीमा आउन लागेका हुन् ।
यसरी प्रदर्शनीमा आउने चार फिल्ममा प्रदीप उदय निर्मित एवँ सुब्रत आचार्य निर्देशित ‘अधकट्टी’, नारायण रायमाझी निर्देशित गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित ‘ठमेल डट कम’ र आत्माराम थापा निर्मिता चलचित्र ‘शुश्री’ रहेका छन् ।
इन्धन अभावका कारण मुलुकको अबस्था बिकराल हुँदै हुँदै पनि दर्शकले दशैंमा फिल्म हेर्छनकी भन्ने विश्वासले आफुले अधकट्टी दशैंमै रिलिज गर्न लागेको निर्माता उदयले बताए । प्रचार प्रसारमा प्रसस्त रकम खर्च भएकाले पनि दशैंमा फिल्म प्रदर्शनी गर्न बाध्य हुनु परेको उनले प्रस्ट्याए । अहिलेको अबस्थामा फिल्म प्रदर्शनी गर्दाको चिन्ता पनि उनले व्यक्त गरे । अधकट्टीमा गौरव पहारी, गजित बिष्ट, अशिष्मा नकर्मी, प्रदीप बास्कोटा लगायतको मुख्य भूमिका छ ।
फिल्म परदेशीका निर्माता राजेश बँशलको अबस्था पनि प्रदीप उदयको जस्तै छ । परदेशीको प्रदर्शनी ३ कात्तिकबाट गर्ने भन्दै उनले गत बैशाखबाटै प्रचार सुरु गरेका हुन् । यती लामो समय देखि प्रचार प्रसार गरेको र प्रचारमा लाखौं रकम खर्च भएकाले पनि यसलाई अब पछि सार्न नसक्ने उनले प्रस्ट्याए । देशको अबस्था र इन्धनको अभावले मुलुक बिकराल बनेकोमा चलचित्र के होला भन्ने चिन्ताले आफुलाई सताएको उनले बताए । यस अघि आफुले बनाएको फिल्म गोर्खा पल्टन सर्वाधिन सफल भएपछि उनले सोही चलचित्रका निर्देशक नारायण रायमाझीसँग परदेशी निर्माण गरेका हुन् । यो चलचित्रमा प्रसन्त तामाङ, रजनी केसी, नरेन खड्का, केशब भट्टराई, शेरबहादुर गुरुङ सहितको अभिनय छ ।
यस्तै चलचित्र शुश्रीका निर्माता आत्माराम थापा पनि देशको बिग्रँदो अबस्थाले चिन्तित छन् । तर जे भए पनि फिल्म अब ३ कात्तिकबाटै रिलिज गर्ने उनले बताए । शिबम अधिकारी निर्देशित शुश्री, हास्य प्रधान प्रेम कथामा आधारित यो चलचित्रमा आर्यन सिग्देल र आशिकी तामाङ मुख्य भूमिकामा छन् ।
भारतीय निर्देशक राजकुमार शर्माले निर्देशन गरेको चलचित्र ठमेल डट कम भने ५ कात्तिकबाट मोफसल तथा ६ कात्तिकबाट राजधानी देखि रिलिज हुँदैछ । यो चलचित्रले कस्तो व्यापार गर्ला भनेर निर्माण पक्ष चिन्तित छ । निर्माण समुहका प्रदीप दाहालले मुलुक सँकटमा परेका बेला दर्शकको मुड दशैंमा जस्तो हुन्छ, फिल्मको व्यापार त्यसमा भर पर्ने बताए । वर्षमा एक पटक आउने दशैंमा दर्शकले फिल्म हेर्ने विश्सास उनले व्यक्त गरे । तथापि यस्तो समयमा चार नेपाली चलचित्र जुध्नु राम्रो हैन भन्न उनी पछि परेनन् । यो चलचित्रमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, निता पोखरेल लगायतको अभिनय छ ।
0 comments:
Post a Comment