Thursday, October 15, 2015

कपिलवस्तुको जनजीवन सहज बन्दै

कपिलवस्तु, २८ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दका कारण लगातार दुई महिनादेखि ठप्प कपिलवस्तुको जनजीवनमा केही सहजता आएको छ ।

मोर्चाका जिल्लास्तरीय नेताले बुधबार राति प्रेस विज्ञप्ति जारी गर्दै दसैँ, दीपावली, छठ र मुस्लिम समुदायको मोहर्रम पर्व परेका कारण लगातारको बन्दलाई खुकुलो पार्ने घोषणा गरेसँगै यहाँको जनजीवनमा सहजता आउने भएको हो ।

राजमार्ग र भन्सार नाकामा भने आफूहरुको हडताल कायमै रहेको मोर्चाका जिल्ला संयोजक सतिशकुमार गुप्ताले बताउनुभयो । मोर्चाले बजार तथा छोटो दूरीमा सवारी साधन सञ्चालन गर्न दिने निर्णय लिएपछि बजार तथा छोटा दूरीमा यातायात सञ्चालनमा आएको छ । तौलिहवा, कृष्णनगर, चन्द्रौटा, मर्जादपुर, महाराजगन्ज लगायतका बन्द रहेका बजार खुलेका छन् । जिल्ला सदरमुकाम तौलिहवामा बिहानी सत्रमा विद्यालय सञ्चालनमा आएका छन् । बन्द खुकुलो भएसँगै जिल्लास्थित सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति बढेको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive