Friday, October 16, 2015

उपत्यकामा आज एक लाख ८८ हजार लि पेट्रोलियम वितरण गरिँदै

काठमाडौँ, २८ असोज । नेपाल आयल निगमले आज काठमाडाँै उपत्यकाका ३९ पेट्रोल पम्पमार्फत एक लाख ८८ हजार लिटर पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ ।

निगमले थानकोट डिपोबाट ३३ हजार लिटर पेट्रोल र एक लाख ५५ हजार लिटर डिजेल बिक्रेतालाई उपलब्ध गराएको जनाएको छ । निगमले पेट्रोल बिक्री वितरणका लागि उपत्यकाका हल्चोक फ्युल सेन्टर, महालक्ष्मी ट्रेडर्स बसुन्धरा, रिपु मर्दिनी पेट्रोल स्टेसन, प्रहरी कल्याण कोष पेट्रोल पम्प, नेसलन ट्रेडिङ लिमिटेड, साझा सेवा पुल्चोक, शक्तिदेवी पेट्रोल स्टेसन लगनखेल र गुह्येश्वरी फ्युल सेन्टर ठिमीलाई ३३ हजार पेट्रोल उपलब्ध गराएको छ ।

त्यस्तै, उपत्यकाका ३१ पेट्रोल पम्पलाई बिक्री वितरण गर्न एक लाख ५५ हजार डिजेल उपलब्ध गराएको जनाइएको छ । मुलुकमा पेट्रोलियम पदार्थको आपूर्तिमा कमी आएपछि निगमले पेट्रोल पम्पलाई मागेअनुसारको परिणाममा उपलब्ध गराउन सकेको छैन भने इन्धनको अभावमा उपत्यकामा सवारीसाधनको आवागमनमा निकै कमी आएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive