एक बुलेट ग्यास मात्र भित्रियोः मेची भन्सार
झापा, २९ असोज । पूर्वी नाका काँकडभिट्टाबाट आज अपरान्ह २ बजेसम्ममा १ बुलेट ग्यासबाहेक डिजेल र पेट्रोलका कुनै पनि ट्याङ्कर नभित्रिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
मङ्गलबार दिउँसै पेट्रोल भर्नका लागि सिलगुढी डिपोमा पुगेका मेची अञ्चलका ३६ वटा ट्याङ्करमध्ये छवटा मात्र नेपाल भित्रिएको मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले बताउनुभयो ।
सिलगुढीस्थित आयल निगमका कर्मचारीले माथिको आदेश छ भन्दै पेट्रोलियम पदार्थको ट्याङ्कर लोड गर्न नमानेको अध्यक्ष भण्डारीको भनाइ छ । उहाँका अनुसार धेरै अनुरोधपछि आज सिलगुढी डिपोमा नौ ट्याङ्कर लोड भएका छन् । लोड भएका तीन ट्याङ्कर पेट्रोल र ६ ट्याङ्कर डिजेल बेलुकासम्ममा नेपाल भित्रिने उहाँले बताउनुभयो ।
0 comments:
Post a Comment