Thursday, October 15, 2015

कृषि सहकारीमा आगजनी

इनरुवा, २८ असोज । सुनसरीको कप्ताङगन्ज गाविसमा रहेको आर्य कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा बुधबार मध्यरात आगजनी गरिएको छ ।

राति करिब १ बजेको समयमा तेल छर्केर सहकारी संस्थामा आगजनी गरिएको बताइएको छ । आगजनीको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगजनीबाट संस्थामा रहेको फर्निचर र कागजात जलेर नष्ट भएको अध्यक्ष मेहताले बताउनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive