नेपाली काँग्रेसलाई पनि सँगै मिलाएर लैजानुपर्छ – पोखरेल
दाङ, २८ असोज । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाली काँग्रेसलाई पनि सँगसँगै मिलाएर लैजाने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, दाङले आज घोराहीमा आयोजना गरेको पत्रकारसम्मेलनमा पोख्रेलले संविधान निर्माणमा भूमिका निर्वाह गरेको नेपाली काँग्रेस प्रतिपक्षमा रहँदा संविधान कार्यान्वयनमा समस्या हुने भन्दै नेपाली काँग्रेसलाई पनि सँगसँगै मिलाएर लैजाने बताउनुभयो ।
संविधान निर्माणमा सँगसँगै रहेको नेपाली काँग्रेसलाई प्रतिपक्षको भूमिकामा पाउँदा आफूहरु दुःखित भएको समेत उहाँको भनाइ थियो । त्यसैगरी, पत्रकारसमेलनमा उहाँले प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेस सरकारमा सहभागी भएमा उसलाई राष्ट्रपति दिन एमाले तयार रहेको समेत बताउनुभयो ।
पूर्व सञ्चार मन्त्रीसमेत रहेका नयाँ संविधानको जगमा टेकेर प्रधानमन्त्री चयनका लागि भएको निर्वाचनमा भाग लिएका मधेसी दलले संविधान मान्दैनौँ भन्दै थालेको आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभयो ।
अर्को प्रसङ्गमा नेता पोख्रेलले भारतीय कूटनीति यतिबेला इतिहासकै कमजोर प्रमाणित भएको दाबी गर्नुभयो । छिमेकमा संविधानको खुसियाली मनाइरहँदा असल छिमेकीले त्यसको विरोधमा नाकाबन्दी गरेर भारतले अन्तर्राष्ट्रिय जगत्मै आफ्नो कमजोर कूटनीति प्रदर्शन गरेको बताउनुभयो ।
0 comments:
Post a Comment