राष्ट्रिय तथा सामुदायिक वनमा काठ तस्करी बढ्यो
गाईघाट, २८ असोज । नेपालीको महान् चाड बडादसैँ नजिकै आइरहेको मौका छोपेर उदयपुर जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा काठ तस्करी बढेको छ ।
जिल्लाको साउने खाँबु गाविसको खाँबु रेन्जरपोष्टका राष्ट्रिय वनमा अहिले वन कर्मचारीको निगरानी कम हुँदा जङ्गल क्षेत्रको काठ तस्करी व्यापक रूपमा बढ्दै गएको स्थानीयवासी होमबहादुर मगरले बताउनुभयो ।
गत जेठमा हावाहुरीले लडाएको सो जङ्गल क्षेत्रका काठ रातारात अहिले काठ तस्करले ट्र्याक्टरमा लोड गरेर सुनसरीतर्फ लान थालेको स्थानीयवासीले बताएका छन् ।
जिल्लाको पूर्वी क्षेत्रको कटुन्जेलबबलाको सामुदायिक वनक्षेत्र र मैनामैनी क्षेत्रका अधिकांश सामुदायिक वनमा अहिले रातारात व्यापक काठ तस्करी बढ्न थालेको बबला–७ का मीनकुमार राईले बताउनुभयो ।रामपुर ठोक्सिला गाविसका केही सामुदायिक वनमा पनि एक हप्तायता आएर व्यापक काठ तस्करी हुन थालेको स्थानीय कुमार घिमिरे बताउनुहुन्छ ।
यसपटक उदयपुरमा गत जेठमा आएको हावाहुरीको कारण व्यापक रूपमा वनका रुख, बिरुवा लडेको थियो । ती सबै काठ अहिले जङ्गल क्षेत्रमा नै लडेको अवस्थामा रहँदै आएको छ ।हावाहुरीले ढालेका रुखको सम्बन्धित निकायबाट उचित निगरानी नहुने हो भने जङ्गल क्षेत्रका काठ तस्करी कार्य अझै व्यापक बढ्दै जाने स्थानीयवासीको भनाइ छ ।
0 comments:
Post a Comment