Friday, October 16, 2015

अाज सभामुख र उपसभामुखकाे चुनाव हुँदै, को होला त सभामुख र उपसभामुख ?

काठमाडौं, २९ असोज । व्यवस्थापिका संसदको सभामुख र उपसभामुखको आज चुनाव हुँदै छ । दलहरुले सहमतिमा हिजोसम्म सभामुख र उपसभामुख चयन गर्न नसकेपछि आज चुनाव हुन लागेको हो ।

संसद सचिवालयले आज दिउँसो साढे ११ बजेदेखि २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्नु पर्ने समय निर्धारण गरेको छ । सभामुखका लागि ३ बजे र उपसभामुखका लागि ५ बजे संसदमा मतदान हुने छ ।

सत्तारुढ गठबन्धनबिच एकीकृत नेकपा माओवादीलाई सभामुख र राप्रपा नेपाललाई उपसभामुख दिने सहमति भएको छ । जस अनुसार एकीकृत नेकपा माओवादीले ओनसरी घर्तीलाई सभामुख र राप्रपा नेपालले कुन्ती शाहीलाई उपसभामुखमा उठाउने तय गरेका छन् ।

प्रधानमन्त्री पार्टी सभापति सुशील कोइरालालई उम्मेदवार बनाएको नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा पनि उम्मेदवार उठाउने बताएको छ । तर उम्मेदवारको नाम भने तय गरिसकेको छैन ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive