प्रधानसेनापति कपको उपाधि गोरख गणलाई
काठमाडौँ, २५ असोज । प्रधानसेनापति कप फुटबल प्रतियोगिताको उपाधि सिराहको गोरख गणले हात पारेको छ ।
भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा आइतवार भएको खेलमा गोरख गणले हेटाँैडाको नयाँ सबुजु गणलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । गोरख गणको जितमा मङ्गल सिंह वाईवा नायक बने । उनले खेलको ७०औँ मिनेटमा गरेको एक गोल नै गोरख गणका लागि निर्णायक गोल साबित भयो ।
प्रतियोगितामा उपाधि हासिल गर्ने टोलीले रु १५ हजारसहित ट्रफी प्राप्त ग¥यो भने उपविजेतामा चित्त बुझाएको नयाँ सबुजु गणले रु १५ हजार पायो । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने इटहरीको सर्वज्ञलद गणले रु १० हजार प्राप्त ग¥यो ।
विजेता टोलीलाई नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । यही असोज ६ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
राष्ट्रिय लिग फुटबल प्रतियोगिता
राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लबले मोफसलको टोली मोरङ फुटबल क्लबलाई पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा मनाङ मस्र्याङ्दीले मोरङलाई ७–१ गोलअन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लेको हो । जितसँगै मनाङले २८ अङ्क जोडेको छ । त्यस्तै थ्रीस्टार क्लब २९ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने त्रिभुवन आर्मी क्लब २७ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ ।
मनाङको जितमा रवि पासवानले ह्याट्रिक पूरा गरे । उनले खेलको खेलको ३९, ६९ र ८१औँ मिनेटमा तीन गोल पूरा गर्दै ह्याट्रिक गरे ।
त्यस्तै मनाङका अर्का खेलाडी आशीष लामाले दुई गोल थपे । उनले खेलको ६२ र ८९औँ मिनेटमा दुई गोल गरेका हुन् । त्यसैगरी खेलको ४४औँ मिनेटमा सुवास गुरुङ र खेलको ६२औँ मिनेटमा सुशील केसीले एक–एक गोल गरेका थिए ।
मोरङका खेलाडी बुद्विमान राईले भने खेलको ५०औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए । मोरङ ७ अङ्कका साथ लिगको अन्तिम स्थानमा छ ।
सोही मैदानमा आइतवारनै भएको अर्को खेलमा मोफसलको टोली सुदूरपश्चिमाञ्चल फुटबल क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लार्ई ५–३ गोलअन्तरले पराजित गर्दै विजयी भएको छ । जितसँगै १६ खेल खेलेको सुदूरपश्चिमाञ्चलले २० अङ्क जोडेको छ । त्यस्तैगरी जारी प्रतियोगितामा १४ खेल खेलेको एपिएफको भने २३ अङ्क छ ।
सुदूरपश्चिमाञ्चलको जितमा कमल थापाले खेलको पहिलो हाफको १५औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै खेलको २७औँ मिनेटमा हेमन थापा र खेलको ३७औँ मिनेटमा बिमल घर्तीमगरले एक–एक गोल गरे ।
त्यसैगरी पहिलो हाफसम्म ३–० गोलअन्तरले अगाडि रहेको सुदूरपश्चिमाञ्चलले खेलको दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ८५औँ मिनेटमा सुदूरपश्चिमाञ्चलका अर्का खेलाडी जामोनलाल लिगलले एक गोल गरे भने सुनिल बालले खेलको निर्धारित समयको अन्तिम समय ९०औँ मिनेटमा एक गोल थपे ।
एपिएफका खेलाडी राजन विष्टले खेलको ५५औँ मिनेट र खेलको दोस्रो हाफको अतिरिक्त समय (९० प्लस ३ मिनेट) मा दुई गोल गरेका थिए । त्यस्तै सुदीप शिक्रकार (कजष्पबचपबच) ले खेलको ७४औँ मिनेटमा गोल गरेका थिए । सोमबार त्रिभुवन आर्मी क्लब र लुम्बिनी फुटबल क्लब आमनेसामने हुनेछन् ।
0 comments:
Post a Comment