Sunday, October 11, 2015

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा कोइरालालाई मतदान गर्ने,गच्छदारको समर्थन ओलीलाई

काठमाडौँ, २४ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालालाई मत खसाल्ने निर्णय गरेको   छ ।

नेपालको नयाँ संविधानअनुसार व्यवस्थापिका–संसद्मा आज नयाँ प्रधानमन्त्री पदमा निर्वाचन हुँदै छ । तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) कार्यालयमा आज बसेको सो मोर्चाको बैठकले सो निर्णय गरेको तमलोपाका नेता अकबाल अहमद साहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

सो मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी आबद्ध रहेका छन् । बैठकले मधेसी, जनजाति, थारु, मुस्लिमविरुद्धको बामपन्थी गठबन्धनलाई परास्त गर्न नेकाका सभापति कोइरालालाई प्रममा मतदान गर्ने निर्णय गरेको नेता साहले जानकारी दिनुभयो । साथै बैठकले तराई मधेस आन्दोलनलाई जारी राख्ने पनि निर्णय गरेको छ ।

गच्छदारको समर्थन ओलीलाई

फोरम लोकतान्त्रिकले पनि प्रधानमन्त्री निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेका छन् । नेकपा एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका बीच आज बिहान ८ बुँदे सहमति भएपछि लोकतान्त्रिकले ओलीलाई समर्थन गर्ने भएको हो । सम्झौतामा एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गच्छदारले हस्ताक्षर गरेका छन् ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive