Sunday, October 11, 2015

प्रहरीको ‘ग्रामीण गस्ती तथा घरदैलो अभियान’ सुरु

खोटाङ, २४ असोज । जिल्लामा आपराधिक घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय खोटाङले ‘ग्रामीण गस्ती तथा घरदैलो अभियान’ सुरु गरेको छ ।

गाउँगाउँमा प्रहरीको उपस्थिति देखाएर शान्तिपूर्ण र अपराधविहीन समाज निर्माण गर्न कार्यालयले जिल्लामा पहिलोपटक ‘ग्रामीण गस्ती तथा घरदैलो अभियान’को सुरु गरेको हो ।

घरदैलो कार्यक्रमको माध्यमबाट प्रहरी र जनताबीचको सामीप्यतालाई बढाएर सामाजिक अपराध एवम् विकृति नियन्त्रण गर्न घरदैलो अभियानको अवधारणा अघि सारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

दसैँतिहारको अवसरमा सुरु गरिएको अभियानलाई आगामी दिन पनि निरन्तर सञ्चालन गरिने माझीको भनाइ छ । प्रहरी र जनताको सहकार्यमा स्थान विशेषको समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न, प्रहरी जनताको सेवकको हो भन्ने भावना जगाएर सुरक्षाको प्रत्याभूति दिलाउन र फरार अपराधीको निगरानी गर्न जिल्लामा यो अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस कार्यका लागि साप्ताहिक गस्ती तालिका तयार पार्न मातहतका एकाइलाई निर्देशन दिइएको छ ।

अभियान सफल बनाउन इलाका प्रहरी कार्यालय र प्रहरी चौकीका प्रमुखहरुलार्ई ‘ग्रामीण गस्ती तथा घरदैलो अभियान’ लेखिएको झोला वितरण गरिएको छ । पूर्व सांसद कुलप्रसाद फुयाँलले प्रहरीले जिल्लाको इतिहासमै प्रशंसनीय र चुनौतीपूर्ण कामको सुरुवात गरेको प्रतिक्रिया दिनुभएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive