राप्रपा (नेपाल) नेता गुरुङको श्रद्धाञ्जलिसभा
काठमाडौँ, २७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले महामन्त्री स्व चन्द्रबहादुर गुरुङको स्मरणमा यही असोज ३० गते श्रद्धाञ्जलिसभा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका उपाध्यक्ष राजीव पराजुलीको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले प्रज्ञा प्रतिष्ठानमा सो सभा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, बैठकले सम्पूर्ण राजनीतिक दलका नेतालाई सभामा आमन्त्रण गरी शोकसभाको प्रबन्ध गर्ने निर्णय गरेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीका संस्थापक नेता, संसदीय दलका पूर्व नेता तथा महामन्त्री गुरुङको यही असोज १६ गते उपचारका क्रममा अमेरिकाको कोलोराडोमा निधन भएको थियो । उक्त बैठकमा बिना विभागीयमन्त्री रामकुमार सुब्बा, उपाध्यक्षहरु टङ्क ढकाल र धवलशम्शेर राणालगायत नेताको उपस्थिति थियो । र
0 comments:
Post a Comment