टर्कीमा आतङ्कवादी आक्रमणको सरकारद्वारा निन्दा
काठमाडौँ, २७ असोज । सरकारले चार दिन अघि टर्कीको राजधानी अङ्कारामा शान्ति ¥यालीमा भएको कायरतापूर्ण आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएकाहरुका परिवाजनप्रति गहिरो समेवदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै सरकारले टर्की सरकार र त्यहाँका जनताप्रति पनि हार्दिक सहानुभूति व्यक्त गरेकोे छ ।
“नेपाल आतङ्कवादका जुनसुकै स्वरुपको निन्दा गर्दछ र यस जघन्य अपराधमा संलग्नलाई शीघ्र कानुनको कठघरामा उभ्याउन टर्की सरकार सफल हुने विश्वास व्यक्त गर्दछ”– विज्ञप्तिमा भनिएको छ ।
0 comments:
Post a Comment