अवैध कपडासहित चार जना पक्राउ
लहान, २७ असोज । प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–२ बाट रु तीन लाखभन्दा बढी मुल्य बराबरको कपडासहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको सुटिङ सर्टिङको कपडासहित सिरहा विष्णुपुर–२ का ३१ वर्षीय गोविन्द यादव, सोही ठाउँका २३ वर्षीय शिवनारायण यादव, सिरहाको नरहा–१ का नन्दकिशोर यादव र उदयपुर कटारी–६ का कुमार थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स३प ५५२७, स४प १६३३, स६प १९१९ र एउटा अनटेष्ट मोटरसाइकलमा उक्त कपडा राखि नेपालतर्फ ल्याउदै गरेको अवस्थामा मोटरसाईकलसहित चारै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले बताउनुभयो । ती चारै जनालाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उहाँले बताउनुभयो ।
0 comments:
Post a Comment