भगवतीको ‘मर्दको माया’ सार्वजनिक
काठमाडाँै, २५ असोज । वरिष्ठ महिला साहित्यकार भगवती बस्नेतको कथा सङ्ग्रह ‘मर्दको माया’ आइतवार सार्वजनिक भएको छ ।
दायित्व वाङ्गमय प्रतिष्ठानले आइतवार आयोजना गरेको कार्यक्रममा सो पुस्तकको लोकार्पण गर्दै वरिष्ठ बामपन्थी नेता मोदनाथ प्रश्रितले नेपाली साहित्यले नेपालको आफ्नै पहिचान दिइरहने र यसले देशको गौरव बढाएको बताउनुभयो ।उहाँले साहित्य देशको ऐना भएकाले यसले देशको संस्कृति, वेशभूषा, कला तथा भाषाको विकासमा अध्ययन गर्न सघाउ पुग्ने विचार व्यक्त गर्नुभयो ।
वरिष्ठ कथाकार माया ठकुरीले नेपाली साहित्यमा युवा अघि बढिरहेको भए पनि नेपाली भाषाको श्रीवृद्धिमा अझै मेहनतको खाँचो रहेको औँल्याउनुभयो ।
समालोचक रजनी ढकाल, लेखिका भगवती बस्नेत, उषा शेरचनलगायतका वक्ताले बोल्नुभएको थियो । इजरायलमा काम गरिरहेका नेपाली चेलीले भोग्नुपरेको दुःख र वेदना समेटिएका १३ वटा कथा पुस्तकमा रहेका छन् ।
0 comments:
Post a Comment