Monday, October 12, 2015

अमेरिकी, युरोपेली महासङ्घको मौद्रिक नीतिमा परिवर्तन

पेरु, २५ असोज । अमेरिका र युरोपेली महासङ्घको मौद्रिक नीतिमा निकट भविष्यमा आधारभूत रूपमा परिवर्तन गरिने युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले बताएको छ ।

यो भिन्नता अमेरिकामा भएको आर्थिक सुधार तथा युरोपेली समूह राष्ट्रहरूमा अझै कायम रहेको नाजुक आर्थिक वृद्धिको मूल्याङ्कन गरी व्यक्त गरिएको, ईसीबीका गभर्नर मारियो ड्राघीले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकका अवसरमा गरिएको छलफलमा बताउनुभयो ।

ईयूले मुद्रा स्फिती ‘महत्वपूर्ण’ नकारात्मक खतरामा रहेको स्वीकार गर्दै इसीबी गभर्नरले शुक्रबार राति भन्नुभयो, हाम्रो मौद्रिक नीति एक फरक वर्तमान बाटो लिन लागेको छ । म इसीबीले भोलिका लागि महत्वपूर्ण तथा भिन्न बाटो अङ्गाल्न लागेको जानकारी गराउन चाहन्छु, ड्राघी बताउनुभयो ।

मुद्रास्फितिमा गिरावटको खतरा विकासशील अर्थतन्त्र, युरोको मूल्याङ्कन र उपभोग्यवस्तु खासगरी तेलको मूल्यमा भएको गिरावटका आधारमा निर्धारण गरिएको इसीबी गभर्नर ड्राघीले बताउनुभयो ।बजारिकरण तथा सम्बन्धित क्षेत्रमा देखिएको सुस्त आर्थिक वृद्धिले युरो क्षेत्रमा मुद्रास्फितीको खतरा बढाएको उहाँले बताउनुभएको छ ।

रासस/सिन्ह्वा

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive