पानीको सतह घटेपछि तालको सुन्दरतामा ह्रास
म्याग्दी, २७ असोज । पानीको सतह घटेपछि मुस्ताङको सदरमुकाम जोसमोम नजिकै अवस्थित धुम्बा तालको प्राकृतिक सुन्दरतामा ह्रास आएको छ ।
बढ्दो वन बिनाससँगै मुल सुकेपछि तालमा पानीको सतह घटेको हो । पर्यटकीय आकर्षणको केन्द्रविन्दु बन्दै गएको सो तालमा एक्कासि पानीको सतह घटेका कारण पर्यटक निराश भएर फर्कने गरेको स्थानीय चन्द्र थकालीले बताउनुभयो ।
पानीको सहत घटेका कारण प्राकृतिक सुन्दरतामा कमी आएको पोखराबाट ताल अवलोकन गर्न आएकी मनिता गुरूङले बताउनुभयो । “पाँच वर्षअघि आउँदा यो ताल सुन्दर र आकर्षक थियो” उहाँले सो ताल सम्झिदै भन्नुुभयो ।
केही वर्ष अघिसम्म ताल वरपर रुख बिरुवा थिए । अहिले इन्धनका लागि रुख बिरुवा मासिने क्रम बढेको छ । ताल वरपरका रुख बिरुवा दाउरा र काठका लागि फडाँनी भएपछि ताल सुक्न थालेको स्थानीयवासी प्रेम थकालीले बताउनुभयो । हाल ताल वरपर पहिलेका जस्तै रुख छैनन् ।
अहिले तालको तल्लो भाग सजिलैसँग देख्न सकिने भएको छ । करिब ४०० मिटर लम्बाई र १५० मिटर चौडाई भएको तालको आकार आधा घटेको छ । दैनिक १०० जनासम्म पर्यटक यहाँ पुग्ने गरेका छन् ।
0 comments:
Post a Comment