Thursday, October 15, 2015

घट्ने भयो धानको उत्पादन

कञ्चनपुर, २७ असोज । बढ्दो रोगकिराको प्रकोप र प्रर्याप्त पानी नपर्दा यस बर्ष कञ्चनपुरमा धानको उत्पादनमा कमी आउने भएको छ ।

रोग किराको प्रकोप, नहरमा प्रर्याप्त पानी नछाडनु र धानको बाला लाग्ने बेला एक महिनासम्म पानी नपर्दा धानको उत्पादनमा कमी आउने भएको हो । कृषि विकास कार्यालयका अनुसार असोज महिनाको हालसम्म धान भित्र्याउने कृषकको सङ्ख्या ७० प्रतिशतको हाराहारीमा हुनुपर्नेमा १० प्रतिशतले मात्रै भित्र्याउन पाएका छन् ।“धानको उत्पादनमा १५ देखि २० प्रतिशतले कमी आउने अनुमान गरेका छाँै” वरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले भन्नुभयो ।

यहाँका कृषकले साबित्ति, राधा–४, जानकी, राममपुर मन्सुली, खुख्खा–३, सर्जु ५२, हर्दिनाथ–१, स्वर्ण सब–१ लगायतका उन्नतजातका धानको खेती गर्दै आएका छन् । प्राकृतिक प्रकोपका कारण यहाँ धान उत्पादन बढ्नुको साटो घट्दै आएको कृषि प्राविधिक कलकबहादुर सिंहले बताउनुभयो ।

छ बर्षदेखि निरन्तररुपमा धानको उत्पादनमा औषतरुपमा १० प्रतिशतले ह्रास आएको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लाका झलारी–पिपलाडी नगरपालीका, बेलौरी नगरपालीका, पूर्नवास नगरपालीका, भीमदत्त नगरपलीका, बेलडाँडी नगरपालीका, कृष्णपुर नगरपालीकालगायतका क्षेत्र धान उत्पादनका दृष्टिकोणले राम्रा मानिन्छन् ।

कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार आव २०७०÷७१ मा ४८ हजार ७९६ हेक्टर क्षेत्रफलमा लगाइएको धानको उत्पादन एक लाख ४८ हजार ८७२ मेट्रिकटन रहेकोमा आव २०७१÷७२ मा सोही क्षेत्रफलमा उत्पादन बढेर एक लाख ४९ हजार २२ मेट्रिकटन पुगेको थियो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive