Sunday, October 11, 2015

सत्तरी वर्षीया वृद्धालाई बलात्कार गरी हत्याको प्रयास गर्ने पक्राउ

बनेपा, २४ असोज । सत्तरी वर्षीया वृद्धालाई बलात्कार गरेर भिरबाट फाल्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको मेच्छे गाविसमा बलात्कारपछि घाँटीमा सलले बाँधेर भिरबाट खसालेको आरोपमा दोलखा घर भई मेच्छेमा ज्यामी काम गर्ने २० वर्षीय रोजन पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पाख्रिनले आफूले बलात्कार गरेर भिरबाट खसालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । उहाँले ती वृद्धालाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर धुलिखेल अस्पताल ल्याएको र उपचार जारी रहेको बताउनुभयो ।

पक्राउ परेका पाख्रिनलाई ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी र चोरी अभियोगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । केही दिनअघि सो घटना भएको थियो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive