लाङटाङ क्षेत्रमा अस्थायी बासस्थान बनाउन सुरु
रसुवा, २७ असोज । विस्थापितपछि आफ्नो थातथलोमा फर्केका लाङटाङ क्षेत्रका बासिन्दा अहिले अस्थायी बासस्थान बनाउन जुटेका छन् ।
लाङटाङका समाजसेवी ङेरुप तामाङका अनुसार भूकम्पपछि क्यान्जेनमा केन्द्रित गाउँलेहरु सिन्धुप, थाङ्साप, घोडातवेला र रिम्चे क्षेत्रमा छरिएर तत्कालको बासस्थान मिलाउन जुटेका छन् । क्यान्जेनमा हिउँ पर्ने समय नजिकिदै गएकाले ११६ घरपरिवारले भूकम्पविद्को सिफारिसमा सुरक्षित क्षेत्र खोज्दै बासस्थान तयार गर्न जुटेका हुन् ।
ढुङ्गा र काठबाट अस्थायी टहरा बनाउने काम सम्पन्न भएकाले छाना छाउने जस्तापाता ढुवानी गर्ने क्रम अघि बढेको बताउँदै समाजसेवी तामाङले जस्तापाता हवाई मार्गबाट शुक्रबार लाङटाङ पु¥याउने लक्ष्यका साथ धुन्चेको हवाई मैदानमा जस्तापाता एकत्रित पार्ने कार्य सम्पन्न गरिएको बताउनुभयो ।
0 comments:
Post a Comment