इन्धन अभावले मध्य पहाडी–पुष्पलाल राजमार्ग निर्माण अवरुद्ध
पाँचथर, २७ असोज । इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी पुष्पलाल राजमार्गअन्तर्गत पाँचथरको फिदिमस्थित जोरसाल–तमोर नदीसम्मको सडक निर्माण अवरुद्ध भएको छ ।
इन्धन अभावले एक सातादेखि सडक निर्माण अवरुद्ध भएको आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक तेजकुमार कुरुम्वाङले जानकारी दिनुभयो । उहाँले इन्धन आपूर्ति सहज नभएकाले दुई हप्तापछि मात्रै काम पुनः सञ्चालन हुने बताउनुभयो ।
जोरसालदेखि तमोर नदीसम्मको १० किलोमिटर सडकखण्डमा नालीको कटिङ, ग्राभेलको काम भइरहेको छ । २०७१ जेठ २७ गतेदेखि सम्झौता भई काम सुरु गरेको आयोजना अढाई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ । रु ३० करोड ४८ लाख ९८ हजार २९४ को लागतमा निर्माण सुरु गरिएको हो ।
जोरसालदेखि ५ किलोमिटर दूरीमा रहेको कोहिरी भन्ने स्थानमा ढुङ्गा गिटी उत्खनन्को समयमा भएको विवादलगायत कारणले पनि तीव्र रुपमा निर्माण कार्य अघि बढ्न नसकेको प्रबन्ध निर्देशक कुरुम्वाङले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment