Monday, October 12, 2015

नेता ओलीलाई भारतीय प्रधानमन्त्री तथा चीनयाँ राजदूतद्वारा बधाई तथा शुभकामना

काठमाडौँ, २५ असोज । नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा भारतका प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

श्री ओली प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै टेलिफोन गरेर प्रधानमन्त्री मोदीले बधाई ज्ञापन गर्दै भारत भ्रमणका लागि आमन्त्रण गर्नुभएको नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

त्यस अवसरमा दुई प्रधानमन्त्रीबीच नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई थप गतिशील पार्ने बारेमा विचार–विमर्श भएको जानकारी पनि सचिव ज्ञवालीले दिनुभयो ।

यसैबीच प्रधानमन्त्रीमा निर्वाचित आफ्नो दलका नेताको स्वागतमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित स्वागत समारोहमा पुगेर नेपालका लागि चीनका राजदूत उ चुन्ताईले बधाई ज्ञापन गर्नुभयो ।

पार्टी कार्यालयमा दलका नेता, सांसद, कार्यकर्ता र पार्टीका शुभेच्छुकले प्रधानमन्त्री ओलीप्रति बधाई तथा शुभकामना ज्ञापन गरिरहनुभएको छ ।प्रधानमन्त्री ओलीको नेतृत्वमा सिङ्गो मुलुक एकताबद्ध भई राष्ट्र हितका पक्षमा अग्रसर हुने महासचिव ईश्वर पोखरेलले बताउनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive