Tuesday, October 13, 2015

नागरिक सहजताका लागि निःशुल्क बस सेवा

काठमाडौँ, २६ असोज । इन्धन अभावका कारण सवारी आवागमनमा कठिनाइ भएको अवस्थामा नेपाल प्रहरीले आम नागरिकको सहजताका लागि दैनिक एक पटकका दरले तीन रुटमा निःशुल्क बस सञ्चालन गरेको छ ।

पहिलो रुटको बस बिहान ११ बजे नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुलचोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै दिउसो १ः३० बजे पुनः नक्सालसम्म सेवा प्रदान गर्नेछ ।

यसैगरी दोस्रो रुटको बसले बिहान ११ बजे नक्सालबाट सेवा सुरु गरी मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै दिउँसो २ बजे पुनः नक्सालसम्म सेवा पु¥याउने छ ।

तेस्रो रुटको बसले बिहान ११ बजे नक्सालबाट सेवा सुरु गरी जय नेपाल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातो पुल हुँदै दिउँसो १ः३० बजे पुनः नक्साल पुगेर सेवा पु¥याउने प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive