Wednesday, October 14, 2015

कालीगण्डकीमा बेपत्ता दुई युवकको शव फेला

वालिङ, २७ असोज । शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक विजयराज पण्डितका अनुसार स्याङ्जाको चापाकोट नगरपालिकास्थित दामाचौर गोल्डेन सुपरभिजन एकेडेमीमा शिक्षण पेसा गर्दै आएका पाँचथर याङ्नाम–८ का २४ वर्षीय दिलीप राई र सोही विद्यालयका शिक्षक तथा चापाकोट नगरपालिका–४ का २५ वर्षीय अमृत परियारको शव फेला परेको हो ।

राईको शव मङ्गलबार साँझ चापाकोट नगरपालिका–४ दामाचौरमुनि फूलबारी घुमाउने घाटमा फेला परेको हो भने परियारको शव बुधबार बिहान फेला परेको हो ।

राईको शव वालिङस्थित गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रमा मङ्गलबारै शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ भने परियारको शव परीक्षणका लागि वालिङ ल्याउने तयारी भरहेको प्रहरी निरीक्षक पण्डितले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive