सहकारीको कारोबार सोह्र करोड बढी
इलाम, २७ असोज । इलाम सदरमुकामलाई कार्यक्षेत्र बनाएर स्थापित जिल्लाकै सबैभन्दा ठूलो ‘शताब्दी बचत तथा ऋण सहकारी संस्था’ले रू १६ करोड २५ लाख ३७ हजारको कारोबार गरेको छ ।
सो सहकारीले रू १८ लाख ८६ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । अन्य बचत तथा ऋण सहकारीमध्ये सबैभन्दा बढी कारोबार, ऋण लगानी, सेयर सदस्य भएको यस संस्थाले वैदेशिक, घर जग्गा, कृषि, व्यापार र शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ ।
संस्थासित रू छ करोड ५० लाख ९४ हजार बचत रहेको कोषाध्यक्ष विजयकुमार कार्कीले बताउनुभयो । रु ३८ लाखमा जग्गा खरिद गरिसकेको र भवन निर्माण गर्ने संस्थाले जनाएको छ । भवनमा प्रशिक्षण केन्द्र, पार्टी प्यालेस, भ्रमणमा आउने सहकारीका पाहुनालाई राख्ने, सिकाई कक्षा चलाउनेलगायतका कार्य गरीने योजना रहेको उहाँले बताउनुभयो ।
संस्थामा एक हजार १७३ जना शेयर सदस्य, मासिक बचतकर्ता आठ सय छ, दैनिक बचतकर्ता ५६०, आवधिक बचतकर्ता २७ र बाल बचतकर्ता १८३ जना रहेका छन् । संस्थामा दैनिक ५६० जनाले रु २० देखि दुई हजारसम्म बचत गर्छन् ।
सहकारीले दुई जना शेयर सदस्यलाई रु २० हजारका दरले राहत प्रदान गरेको छ भने १४ जनालाई एम्वुलेन्स सुविधा, ११ जनालाई सुत्केरी पोषण खर्च, पाँच जना उत्कृष्ट ऋणी र दुई जना नियमित मासिक बचतकर्तालाई सम्मानसमेत गरेको छ ।
0 comments:
Post a Comment