Monday, October 12, 2015

सप्तरीको राजमार्ग क्षेत्रमा फेरि बाह्र घन्टै दङ्गाग्रस्त कायम

सप्तरी, २५ असोज । सप्तरी प्रशासनले राजमार्ग क्षेत्रमा आजदेखि १२ घन्टा लागू हुने गरी दङ्गाग्रस्त घोषणा गरेको छ ।

सप्तरीको राजविराजमा आइतवार बसेको सुरक्षा समितिको बैठकले सप्तरीको कोसी ब्यारेजदेखि बलान खोलासम्मको राजमार्गको दुबैपट्टिको ५०० मिटर र गाईघाट कदमाहा सडकखण्ड आसपासको क्षेत्रमा दङ्गाग्रस्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

सो बैठकले राजमार्ग क्षेत्रमा साँझ ७ देखि बिहान ७ बजेसम्मका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएकोे बताइएको छ । यसअघि सप्तरी प्रशासनले शनिबारमात्रै राजमार्ग क्षेत्रमा दङ्गाग्रस्त क्षेत्र हटाइएको थियो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive