Wednesday, October 14, 2015

बर्दिवासमा निःशुल्क मधुमेह शिविर

महोत्तरी, २७ असोज । महोत्तरीको बर्दिवासमा मङ्गलबार सञ्चालित निःशुल्क मधुमेह शिविर सम्पन्न भयो ।

नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखाको आयोजना र बर्दिवास जनसेवा हस्पिटलको सहयोगमा एक दिने शिविर सञ्चालन गरिएको बर्दिवास जनसेवा हस्पिटलका व्यवस्थापक सुमन भुजेलले जानकारी दिनुभयो ।

शिविरमा करिब १०० जनाको निःशुल्क मधुमेह परीक्षण गरिएको आयोजकले जनाएको छ । खानपिन र व्यायाममा ध्यान दिन सके मधुमेहलगायत धेरै रोगबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।

शिविरमा निःशुल्क रक्त परीक्षण गरिएका बिमारीको रिपोर्ट आएपछि विमारीलाई आगामी शनिबार निःशुल्क रूपमा औषधि वितरण गर्ने कार्य रहेको बर्दिवास रेडक्रस सोसाइटीले जनाएको छ । एकदिने शिविरमा बर्दिवास, किसाननगर, खयरमारा, सिन्धुली लगायतका विमारीले सेवा लिएका थिए ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive