Wednesday, October 14, 2015

क्याप्टेन श्रेष्ठको स्मृतिमा खुल्ला सडक साँझ सम्पन्न

भक्तपुर, २७ असोज । मध्यपुर बोइज इभेन्ट गट्ठाघरले क्याप्टेन सुवेक श्रेष्ठको स्मृति एवम् भूकम्पपीडितका लागि रिफ्रेसमेन्ट खुला सडक साँझको आयोजना गरेको छ ।

दसँैको अवसर पारेर गट्ठाघर चोकमा मङ्गलबार साँझ आयोजना गरेकोे कार्यक्रममा हजाराँै युवायुवती एवम् दर्शकको सहभागिता थियो ।

सिन्धुपाल्चोकका भूकम्पपीडितलाई राहत सामग्री पु¥याएर फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन श्रेष्ठको सम्झना एवम् भूकम्पबाट अझै पनि क्रसित मन भएकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले खुल्ला सडक साँझको आयोजना गरिएको इभेन्टका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिनुभयो ।

खुला साङ्गीतिक प्रस्तुतिमा चर्चित गायक दीपक बज्राचार्य एन्ड रिद्म ब्यान्ड, सप्स्थ ब्यान्ड, टिसा ब्यान्ड, माइन्ड ब्लोइङ ब्यान्ड, मध्यपुर बोइज ब्यान्ड, सुनिल बज्राचार्यलगायत विभिन्न गायकले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।कार्यक्रममा चलचित्रका नायिकाका साथै विभिन्न मोडलले आकर्षक नृत्य प्रस्तुति गरेका   थिए ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive