दसैँका अवसरमा फुटबल प्रतियोगिता
भीमदत्तनगर, २७ असोज । जय शिवनगर कप फुटबल प्रतियोगिताको नवौँ संस्करण मङ्गलबारदेखि कञ्चनपुरको शिवनगरमा सुरु भएको छ ।
जिल्ला फुटबल सङ्घका अध्यक्ष भीम थापाले प्रतियोगिताको उद्घाटन गर्दै फुटबलको विकासका लागि मोफसल क्षेत्रमा यस्ता प्रतियोगिताको आयोजना हुनु जरुरी रहेको बताउनुभयो ।
सिद्धेश्वर युनेस्को समाज शिवनगरको आयोजनामा प्रतियोगिताको सुरु भएको हो । समाजका अध्यक्ष कृष्णबहादुर शाहले हरेक वर्ष बडादसैँको अवसर पारेर समाजले प्रतियोगिताको आयोजना गर्दै आइरहेको जानकारी दिनुभयो । प्रतियोगितामा कञ्चनपुरको दक्षिणी क्षेत्रका १५ र कैलालीको धनगढीको हसनपुर युवा क्लब गरी १६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद रु ४५ हजारसहित जय शिवनगर कप, ट्र«फी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु २७ हजारसहित कप, ट्र«फी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता नकआउट पद्वतिअनुसार खेलाइने छ । प्रतियोगिताका उत्कृष्ट पाँच खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
0 comments:
Post a Comment