Wednesday, October 14, 2015

नाकाबन्दीले व्यापार क्षेत्रमा प्रभाव

काठमाडौँ, २७ असोज । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले नयाँ सडक क्षेत्रको व्यापारमा प्रतिकूल प्रभाव परेको छ ।

दसैँ नजिकिँदै जाँदा विभिन्न सामानको माग बढेपनि नाकाबन्दीका कारण आपूर्ति सहज हुन नसकेकाले कारोबार घटेको हो । छ सयभन्दा बढी पसल रहेको काठमाडौँको सबैभन्दा पुरानो व्यापारिक केन्द्र खिचापोखरी नयाँ सडक क्षेत्रमा यसपटक नाकाबन्दीले व्यापार कमी भएको सङ्घका अध्यक्ष ¬¬मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

“बिगत वर्षमा यहाँ मानिसहरु हिँड्नसमेत मुस्किल हुन्थ्यो अहिले व्यापार नभएकाले सबै पसल खाली छन्” उहाँले भन्नुभयो । विगत वर्षमा ग्राहकले किनमेल गर्न आउँदा ल्याउने सवारी साधनले सडक जाम हुने गरेकाले ट्राफिक, काठमाडौँ महानगरपालिका र स्वयम्सेवक खटाउने गरेपनि यसवर्ष भीडभाड नभएको उहाँले बताउनुभयो ।

यस्तै आरबी कम्प्लेक्समा पनि यस वर्ष व्यापारमा ह्रास आएको छ । गत वैशाखमा गएको भूकम्प तथा नाकाबन्दीका कारण नयाँ सामान भित्रन नसकेपछि व्यापारमा ह्रास आएको हो । सो कम्प्लेक्सका व्यापार सङ्घका अध्यक्ष पर्शुराम दाहालले गत वर्षको तुलनामा अहिले ४० प्रतिशत मात्र व्यापार भएको बताउनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive