Wednesday, October 14, 2015

देश विकासको प्रमुख आधार भनेको औद्योगिक तथा व्यावसायिक विकास–मुख्यसचिव

काठमाडौँ, २७ असोज । नेपाल चेम्बर अफ कमर्सले आफ्नो स्थापना दिवसको ६३ औँ वार्षिकोत्सव आज विविध कार्यक्रम गरी मनाएको छ ।

चेम्बर भवनमा आयोजित कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले चेम्बरको झण्डोत्तोलन गर्दै देश विकासको प्रमुख आधार औद्योगिक तथा व्यावसायिक विकास भएकाले निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले देशको आर्थिक विकासका लागि चेम्बरको सहयोग अपरिहार्य रहेको भन्दै यसमा सरकार पनि सकारात्मक रहेको बताउनुभयो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशमा हालैको भूकम्प र नाकाबन्दीको कारण नेपाली जनताले दुःख पाएकाले चेम्बरले आफ्नो संस्थाको वार्षिकोत्सव औपचारिकतामा सिमित गरेको बताउँदै भारतले नेपालमाथि लगाउँदै आएको अघोाषित नाकाबन्दी हटाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive