Sunday, October 11, 2015

तराईमा भइरहेको आन्दोलनको कुनै तुक छैन – नेता पोखरेल

इलाम, २४ असोज । नेकपा (एमाले) स्थायी कमिटीका सदस्य शङ्कर पोखरेलले देशमा आइरहेको सङ्कट समाधानका निमित्त सबै एक भएर सामना गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले नगर कमिटी इलामले दिउँसो आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा नेता पोखरेलले अहिलेको परिस्थिति राष्ट्रिय सङ्कटको बेला हो, यतिबेला सबैले एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन, राष्ट्रलाई निकास दिन एक भएर लाग्नुपर्छ”– भन्नुभयो ।

अहिलेको संविधानले सबैभन्दा बढी अधिकार मधेसी, मुस्लिम, आदिवासी जनजाति, दलित महिलालाई दिएको बताउँदै उहाँले सबैलाई राज्यले समान हैसियतको अधिकार दिएको बताउनुभयो ।

अहिले तराईमा भइरहेको आन्दोलनलाई बेतुकको सङ्ज्ञा दिँदै उहाँले आन्दोलनको कुनै तुक नरहेको बताउनुभयो । “मधेसमा भइरहेको आन्दोलनको कुनै अर्थ छैन, संविधानका विषयमा जनताले बुझ्दै गएपछि मधेशवादी दलका नेताहरूकै विरूद्ध जनताले उल्टै आन्दोलन गर्छन्”– नेता पोखरेलले कार्यकर्तासँग भन्नुभयो– “तराईका दुई÷चार जना नेताले भ्रममात्र सिर्जना गरिरहेका छन् ।”

आइतबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने र त्यो आफ्नै पार्टीका अध्यक्ष नै हुने भन्दै उहाँले मुलुक अब नयाँ किसिमले अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।

नेकपा एमाले नगर कमिटी अध्यक्ष तिलक ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रामराना, सचिव महेश बस्नेतलगायतले बोल्नुभएको थियो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive