Sunday, October 11, 2015

संविधानले सबैको भावनालाई समेटेको छ – मन्त्री आचार्य

काठमाडौँ, २४ असोज । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले नयाँ संविधानले सारा नेपालीको भावनालाई समेटेको बताउनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानद्वारा आयोजना भएको बडादसै तथा शुभदीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री आचार्यले नेपालको संविधानले सबै नेपालीको हक अधिकारलाई समेटेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वका अरू देशको संविधानभन्दा धेरै सदस्यको सहमतिमा बनेको संविधान हो ।” उहाँले संविधानमा छुटेका कुरालाई संशोधनमार्फत टुङ्ग्याउन सकिने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नयाँ संविधान निर्माणसँगै ६५ वर्षपछि नेपाली जनताको चाहना पूरा भएको बताउँदै अब यसको संस्थागत विकास गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले नेपालका जति पनि आन्दोलन लामो राजनीतिक इतिहास बोकेको पार्टी नेपाली काँग्रेसको नेतृत्वमा भएको भन्दै पार्टीभित्र चाकडी र नातालाई प्राथमिकता दिनुभन्दा पार्टीभित्र त्याग गरेका व्यक्तिलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेता केसीले पार्टीको आगामी १३औँ अधिवेशनबाट ६०÷४० को भागबन्डालाई तोडेर अगाडि बढ्न आवश्यक रहेको औँल्याउनुभयो ।

काठमाडौँका सभापति प्रधानले नयाँ संविधानका बारेमा स्थानीयस्तरमा गएर जनचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति एवम् सांसद यज्ञबहादुर थापा, सांसद रामचन्द्र पोखरेल, नेपाल महिला सङ्घ केन्द्रीय अध्यक्ष डा डिला सङ्ग्रौलाले संविधानको संस्थागत विकासका लागि नेपाली काँग्रेसको ठूलो भूमिका रहेको बताउनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive