Sunday, October 11, 2015

खतरनाक रोग मधुमेहको घरेलु उपचार

मधुमेह साधारणका साथै खतरनाक रोग हो । साधारण यसकारण हो किनभने खानालाई मिलाएर खाने, दैनिक व्यायाम गर्ने र औषधिको सेवन गर्ने हो भने मधुमेह रोगी साधारण मानिसले जस्तै आफ्नो जीवनयापन गर्न सक्छन् । तर रोगलाई वास्ता नगरी असावधानी अपनाए यसले मानिसहरूको ज्यानै लिने खतरा हुन्छ त्यसकारण यो खतरनाक र साधारण दुबै रोग हो ।

आजकालको जीवनशैलीमा यो रोग तेज रुपमा बढिरहेको छ जसका कारण यो रोगका बिरामी हरेक घरमा पाइन थालेको छ । मधुमेहले मानिसको आँखा, दिमाग, मुटु आदिमा नराम्रो असर पार्ने गर्दछ । यो रोगको मुख्य कारण खानपिन ठीक तरिकाले नगर्नु र इन्सुलिनको कमीको कारणले हुने गर्दछ ।

मधुमेहलाई कन्ट्रोल गर्ने केही घरेलु उपाय:
– तुलसी एक चमत्कारी बोट हो जुन हरेक रोगका लागि अमृत समान हुन्छ । तुलसीको पातमा अत्यधिक मात्रामा एन्टीअक्सीडेन्ट्स र आवश्यक तेल पाइन्छ जुन इन्सुल्लिनप्रति संवेदनशील बनाउनमा सहायक हुने गर्दछ । यसका लागि तुलसीको एक चम्चा रसलाई खाली पेटमा खाँदा ब्लड सुगरको मात्रालाई घटाउने गर्दछ ।

– ग्रीन टीले ब्लड सुगर कन्ट्रोल गर्नसक्छ । यसका लागि बिहान अथवा बेलुका खाना खानुभन्दा पहिले एककप तातो ग्रीन टी पिउनुहोस् ।

–दालचिनीले इन्सुलिनको संवेदनशीलतालाई बढाउनुका साथै ग्लुकोजको स्तरलाई कम गर्ने गर्दछ । दैनिक आधा चम्चा दालचिनीलाई आफ्नो जीवनशैलीमा संलग्न गर्नुहोस् ।

– मधुमेह रोगीलाई भोकभन्दा थोरै कम र हल्का भोजन खाने सल्लाह दिइन्छ । त्यसकारण उनीहरूलाई पटक–पटक भोक लाग्ने गर्दछ । यसका लागि काँक्रो खानुहोस् । यसले भोक मेटाउने गर्दछ ।

–मधुमेहमा उमालेको करेलाको रस पिउनु निकै फाइदाजनक मानिन्छ । यसले सुगर लेभललाई निकै कम गर्ने गर्दछ ।

–मधुमेह रोगीले लौका, परवल, पालुङ्गो, मेवा अत्यधिक मात्रामा खानुपर्छ ।

–निमको पातमा आश्चर्यजनक औषधीय गुण हुने गर्दछ । यसको सेवनले इन्सुलिनको मात्रा बढ्ने गर्दछ भने ग्लूकोजको स्तर कम गर्दछ । यसका लागि निमको कमलो पातलाई खाली पेटमा खानुहोस् ।

–मधुमेह रोगीलाई योगले सबैभन्दा बढी फाइदा पुर्‍याउछ । यसका लागि दैनिक आधा घण्टा योग गर्नुपर्छ ।

–मधुमेह रोगीले दूधको साथै दही र पनिर पनि खानुहोस् ।

–मधुमेह रोगीले दिनमा सुत्ने, चिल्लो र मसालेदार खानेकुरा खानबाट बच्नुपर्छ ।

–अमलाको रसलाई करेलाको रससंगै दैनिक खानुहोस् । यसले मधुुमेह कन्ट्रोलमा रहने गर्दछ ।

–दैनिक ५० ग्राम मेथी खानुहोस् । यसले ग्लुकोजको स्तर कम हुने गर्दछ र मधुमेहबाट राहत मिल्नेछ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive