Tuesday, October 13, 2015

तनहुँमा दसैँका लागि २० हजार खसीबोका भित्रिए

दमौली, २६ असोज । यस वर्षको दसैँका लागि तनहुँमा २० हजारभन्दा बढी खसीबोका भित्रिएका छन् ।

जिल्लाको वैदी, कोटा, काहुँशिवपुर, भिरकोट, छिपछिप, राम्जाकोट, ऋषिङरानीपोखरीलगायतका गाविसबाट व्यापारीले ती खसीबोका दमौलीका मुख्य बजार डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौँडा, भिमादमा भित्र्याएका हुन् ।

भिरकोट– ५ का पूर्णबहादुर विक र निपबहादुर विकले मात्र रु दुई लाख ५० हजार लगानी गरी १९ वटा खसीबोका दमौली भित्र्याएको बताउनुभयो ।

तनहुँमा भित्र्याइएको खसीबोका छिमेकी जिल्ला लमजुङ, गोरखा र कास्कीसम्म पनि बिक्री हुने गरेको व्यापारी बताउँछन् । गत वर्ष पनि सोही हाराहारीमा तनहुँमा खसीबोका बिक्री भएको अनुमान व्यापारीको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive