Tuesday, October 13, 2015

जिल्लामा रहेका दलितको स्थितिबारे लेखिएको पुस्तक विमोचन

मुगु, २६ असोज । मुगु जिल्लामा रहेका दलित समुदायको स्थितिबारे लेखिएको पुस्तकको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सोमबार एक कार्यक्रमबीच विमोचन गर्नुभयो ।

कर्णाली जनजीविका कार्यक्रम र स्विस संस्था फास्टेनाफरको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था दलित सामुदायिक विकास केन्द्रले सो पुस्तक प्रकाशन गरेको हो

पुस्तकमा मुगु जिल्लामा रहेका दलितको वर्तमान स्थिति, सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा संलग्नता, दलितविरुद्घका प्रचलित प्रथा, शैक्षिक अवस्था, राजनीतिक पार्टीहरुका उच्च तहमा संलग्नता, सामाजिक, आर्थिक अवस्था, समूह, सङ्गठन तथा संस्थाहरुमा संलग्नता, जिल्लामा दलितलाई गरिने विभेद तथा वञ्चितीकरणबारे समेटिएका छन् ।

पत्रकार नृपेन्द्रबहादुर मल्लले जिल्लामै पहिलो पटक दलित समुदायबारेको विस्तृत विषयवस्तु समेटिएर प्रकाशन भएको सो पुस्तक दलितहरुको दस्तावेजी इतिहास र सन्दर्भ सामग्री हुने बताउनुभयो ।

सहयोगी निकाय फास्टेनाफरका प्रतिनिधि सम्राट कटुवालले मुगु जिल्लाका दलितको स्थितिबारे आफँै अनुभव गर्न दुई दिन दलित भएर मुगुका गाउँगाउँमा घुमेको अनुभव सुनाउनुभयो । संस्थाका संयोजक धीरज नेपालीले कार्यालयमा गैरदलितको काम छिटोछरितो गर्ने र दलित समुदायका काममा वास्ता नगर्ने प्रवृत्ति रहेको छ भन्नुभयो ।

जिल्लामा दलित, महिला तथा पछाडि परेका समुदायबारे काम गर्दै आएको कर्णाली जनजीविका कार्यक्रम केड नेपालका टीका टमाटाले मुगुमा दलित समुदायसँग गैरदलितले मित, बैसा, सुजी लगाएर मित्रताको सम्बन्ध गाँस्ने चलन भए पनि भित्रताभित्र पनि विभेद गरिएको पाइएको बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नीतिनिर्माण तह र बोलीमा जातीय विभेद नगर्ने र गर्न नहुने भनिए पनि व्यवहारमा कसैले लागू नगरेकाले व्यवहारत पहिलो आफैबाट जातीय विभेदको अन्त गर्ने कार्य गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive