Sunday, October 11, 2015

कर्णाली नदीमा हाम फालेर युवक बेपत्ता

मुगु, २३ असोज । कर्णाली नदीमा हाम फालेर एकजना युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मित्रबहादुर आचार्यका अनुसार आज दिउँसो २ बजे मुगु जिल्ला रुगा गाविस–३ रुगा गाउँ घर भएका २६ वर्षीय गोविन्द बुढाथापाले गाउँकै तल पुरानो ताउलो तरने भन्ने ठाउँबाट मुगु कर्णालीमा हाम फालेर बेपत्ता भएका हुन् ।

घरमा पारिवारिक कलह भइरहने भएकाले सदरमुकाम नजिक ठिनी भन्ने स्थानमा होटल गर्दै आएका बुढाथापा आज घर गएका थिए ।

आफन्त, गाउँले र प्रहरीले घटना घटेलगत्तै खाजी गरिरहेपनि फेला पर्न सकेका छैनन् । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट ४० मिनेट पैदल उत्तरमा पर्छ ।

यसअघि यसै नदीमा गत १६ गते नुहाउँदै गर्दा पर्सा पर्सेनी– ८ का रोहित यादव र १७ गते कार्यालयको काम सकेर फिल्डबाट घर फर्कंदै गर्दा श्रीनगर– ५ चैनका सूर्यबहादुर हमाल पनि बगेर बेपत्ता भएका थिए । यी दुवैलाई अझै फेला पार्न सकिएको छैन ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive