Sunday, October 11, 2015

थारुवान पक्षलद्वारा दसैँका लागि आन्दोलन खुकुलो

धनगढी, २३ असोज । आन्दोलनरत थरुहट÷थारुवान पक्षले बडादसैँलाई मध्यनजर गरी कैलाली जिल्लामा आफ्ना आन्दोलनका कार्यक्रम खुकुलो बनाएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थरुहट÷थारुवान सङ्घर्ष समितिका प्रवक्ता माधव चौधरीले चाडबाड र प्रमुख बाली धान भित्र्याउने समय भएकाले आन्दोलनका कार्यक्रमलाई केही खुकुलो पारिएको जानकारी दिनुभयो ।

चाडवाडको समयमा छोटो दुरीका यातायातका साधन चल्न दिने र व्यापार व्यवसाय पनि सुरु गर्न दिने अवसरमा जानकारी दिइएको थियो । दसैँपछि आन्दोलनका कार्यक्रम पुनः यथावत् राखिने चौधरीले बताउनुभयो ।

थरुहटले आन्दोलन गरिरहेको भए पनि जिल्लामा यातायातका साधनका साथै धनगढी, अत्तरिया, लम्कीलगायतका सहरी क्षेत्रमा व्यापार व्यवसाय निर्वाधरूपमा सुरु हँुदै आएका थिए ।

सीमाङ्कनप्रति असहमति राख्दै कञ्चनपुरदेखि चितवनसम्म एक प्रदेश निर्माण हुनुपर्ने थारुवान÷थरुहट पक्षको माग रहेको छ । थरुहट आन्दोलनकै क्रममा टीकापुरमा गत भदौ ७ गते भएको हिंसामा आठ प्रहरी र एक बालकको ज्यान गएको थियो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive