Sunday, October 11, 2015

ओलीलाई प्रधानमन्त्री बन्न नदिन २ अरब भन्दा बढी रकम सहित भारतीय दूतहरु सांसद किनबेचमा सक्रिय

काठमाडौ, २४ असोज । नयाँ प्रधानमन्त्रीको चुनावका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने रणनीतिमा भारतीय दूतहरु सक्रिय भएका छन् ।

स्रोतका अनुसार ओलीको पक्षमा स्पष्ट बहुमत देखिएपछि भारतले कुनै पनि हालतमा सफल हुन नदिन ठूलो परिणामा आर्थिक चलखेल सुरु गरेको छ । सांसद किन्नका लागि शुक्रबार मात्रै भारतको चेन्नइस्थित एक बैंकबाट नेपाल स्थित भारतीय दूतावासका कर्मचारी टुराई मार्गनको नाममा एसविआइ बैंकको खाता नम्वर ७७००८९०३६१ मा ९३ करोड भारु टान्सफर गरिएको छ ।

यति ठूलो रकम ती व्यक्तिको खातामा गत एक महिनाको बीचमा आएको यो पहिलो पटक भएको बैंकका अधिकारीले बताएका छन् । भारतीय राजदूत रन्जीत रे र रअका पूर्व अधिकारी एबी माथुरले कांग्रेस उमेदबार शुशील कोइरालाको पक्षमा मतदान एकजना सांसदलाई दस करोडसम्म दिने अफर सहित सक्रिय भएका छन् ।

ओलीलाई प्रधानमन्त्री बनाउने मुख्य प्रस्तावक रहको एमाओवादीका बाबुराम पक्षीय सांसद किन्ने पहिलो योजना रहेको छ । एमाओवादी संसदीय दलमा ८४ मध्ये बाबुराम सहित बढीमा १० जना समर्थक सांसद रहेका छन् । तर भट्टराई आफैले पहलकदमी लिएर रातभर विकाउ हुन सक्ने मानिएका सांसदलाई फकाउने र प्रलोभन दिने भारतीय दूतहरुबाट थ्रेट गर्ने समेत काम भएको एमाओवादी सभासद ल्यारकाल लामाले बताएका छन् । स्रोतका अनुसार बाबुरामले आफ्नो तर्फबाट १५ सांसद पु¥याईदिने बचन भारतीय दूतहरुलाई दिएका छन् ।

यसैगरी राप्रपा नेपाल र राप्रपाका सांसदहरुलाई पनि प्रति सांसद दस करोडको अफर सहित किन्ने अन्तिम प्रयास भइरहेको छ । स्रोतका अनु्सार राप्रपाका १२ सांसद मध्यै ६ जना सांसदलाई शुशील कोइरालाको पक्षमा मतदान गराउन सहमत गराएको बुझिएको छ । तर उनीहरुले आफ्नो मत निर्णायक हुने अवस्थामा मात्र कोइरालालाई मतदान गर्ने शर्त राखेका छन् ।

भारतीय दूताबासको दबाबमा मधेश आन्दोलनमा रहेका सबै दल र आफु सासद पदबाट समेत राजीनामा गरेका बाबुराम भट्टराई र सद्भावाना पार्टीका सांसद समेत मतदानमा आउने दूतहरुले दावी गरेका छन् । उनीहरुले राजीनामा दिए पनि संसद सचिवालयबाट स्वीकृत गरेको सूचना जारी नभएकाले मतदान गर्न पाउने दूतहरुको बुझाई रहेको छ ।

-ABCTVLIVE बाट

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive