पाँच दिनका लागि सप्तरीमा बैंक खुला
सप्तरी, २५ असोज । आन्दोलनरत मेधेसी मोर्चा सप्तरीले बडादसँैको चाडपर्वलाई मध्यनजर गरी आजदेखि पाँच दिनका लागि बैंक खुला गरेको छ ।
आइतबार राजविराजमा मोर्चाको संयोजक रामप्रीत यादवको अध्यक्षतामा बसेको बसेको बैठकले सो निर्णय गरेको हो । बैंक खुला भएपछि सदरमुकाम राजविराजमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल लिमेटेड बैंक, सनराइज बैंक, सिर्जना बैंक र एभरेस्ट बैंक लगायतमा बिहानैदेखि पैसा लिन आउने सर्वसाधारणको भीड लागेको छ ।
0 comments:
Post a Comment