महोत्तरीमा सिङ्घारा खेती
गौशाला, २५ असोज । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिघा पानी भरिएको जग्गामा अहिले सिङ्घारा (फल) खेती गरिएको छ ।
पानी मुनी लहरामा फल्ने सिङ्घारा एक प्रकारको फल हो । जुन स्वास्थ्यका लागि शीतलता प्रदान गर्ने र पौष्टिक तत्वले भरिएकाले स्थानीयस्तरमा निक्कै लोकप्रिय छ ।
महिनापछिको पानीले धानखेती हुन नपाउँदा बाँझो (खाली) रहेको जलेश्वर र वरिपरिका गहिरो खेत, तलाऊ र पोखरीमा यसवर्ष ठूलो मात्रामा (काँडेदार गुलाफी रङका सुन्दर र मिठो फल) सिङ्घारा खेती गरिएको छ ।
कम मेहनत र थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने भएकाले जलेश्वर र वरिपरिका धेरै किसान यसपाली धान खेती गर्न नपाउँदा सिङ्घारा खेतीतर्फ आकर्षित भएका छन् ।
वर्षौदेखि त्यसै रहेको जलाशयमा सिङ्घारा खेती गर्न स्थानीय २०० घरपरिवार लागेका छन् । सिङ्घारा फल एक महिनापछि तयारी हुन्छ भने स्थानीय बजारमा प्रतिकिलो रु ४० देखि रु ६० सम्ममा बिक्री हुन्छ ।
तराईबासीले पूजाआजामा समेत यसलाई प्रसादका रुपमा प्रयोग गर्दछन् । सिङ्घारा बालबालिका, बुढापाका र पेटका रोगीले बढी मन पराउने गर्दछन् । स्थानीयदेखि सीमापारीका भारतीय बजारमा लगेर व्यापारीले एक याममा सिङ्घारा बिक्री गरेर रु दुई÷तीन लाखसम्म आम्दानी गर्ने गरेका किसानहरु बताउँछन् ।
0 comments:
Post a Comment