Monday, October 12, 2015

महान्यायाधिवक्ता कुँवरद्वारा राजीनामा

काठमाडौँ, २५ असोज । महान्यायाधिवक्ता बाबुराम कुँवरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता कुँवरले आइतवार प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो । प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री पदबाट हटेपछि महान्यायाधिवक्ता कुँवरले पनि राजीनामा दिनुभएको हो ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सरकार हो । महान्यायाधिवक्ता कुँवरले सरकारी वकिलको कार्यलाई सुधार गर्नका लागि उल्लेख्य कार्य गर्नुभएको थियो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive