नयाँ बानेश्वर क्षेत्रमा दीपावली
काठमाडौँ, २५ असोज । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएकामा आज साँझ नयाँबानेश्वर तथा त्यस आसपास क्षेत्रमा दीपावली गरेको छ ।
वैदेशिक हस्तक्षेप बढिरहेका बेलामा राष्ट्रिय शक्तिको एकताले ओली प्रधानमन्त्री भएको भन्दै खुसियाली मनाउन सङ्घका अध्यक्ष राजीव पहारीको नेतृत्वमा ठूलो सङ्ख्यामा कार्यकर्ता त्यहाँ सहभागी भएका थिए ।
प्रधानमन्त्री पदका लागि व्यवस्थापिका–संसद्मा भएको निर्वाचनमा ओली मुलुकको ३८औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको हो ।
उक्त कार्यक्रममा संविधान जारी भएको केही सातामा पार्टीका अध्यक्ष ओली प्रधानमन्त्री भएकामा उहाँको कार्यकालको सफलताको कामना गरिएको थियो ।
सङ्घका महासचिव प्रभातविक्रम कट्ुवालले ओलीको नेतृत्वमा बन्ने सरकारले देशमा विद्यमान समस्या समाधान गर्दै संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
0 comments:
Post a Comment